रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नाटो

उत्तर एटलान्टिक सन्धि संगठन नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।

जर्मनीको एउटा पत्रिकासँगकाे अन्तवार्ताका क्रममा उनले भने, ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं 
अहिले यी झुटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकि रुस आफैंले यो बनाबटी झुटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ।’ 

युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए ।

‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ’, नाटो प्रमुखले भने ।





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १४:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया