मधेस प्रदेश सरकारविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा
फरकधार / ३० फागुन, २०७८

मधेस प्रदेश सरकारविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जनकपुर आयुर्वेद औषधालय, औषधालयकी प्रमुख डा. सीमा झा र अयोग्य दाबी गरिएका तीनसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

रामप्रवेश मण्डल र पुरनमल्ल ठाकुरले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमा विपक्षीलाई छलफलका लागि आज हाजिर हुन भनिएको थियो । 



आयुर्वेद चिकित्साअन्तर्गत बिएमएमएस अध्ययन गरेकाहरूलाई बेवास्ता गरी मन्त्रालय र आयुर्वेद औषधालयले पैसाको चलखेल गरेर कम योग्यता भएका आवेदकलाई करारमा नियुक्त गरेकोले अदालतमा मुद्दा दर्ता गर्नु परेको निवेदक ठाकुरले बताए ।



आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु प्रदेश तहको कार्यक्रम अन्तर्गत जनकपुर आयुर्वेद औषधालयले नागरिक आरोग्य सेवा केन्द्रका लागि करार नियुक्त गर्ने भनी वैद्य पदमा गत माघ २५ गते विज्ञापन प्रकाशित गरेको थियो ।

सोही विज्ञापनको आधारमा कम योग्यता भएका व्यक्तिलाई करारमा नियुक्त गरिएको भन्दै सरकारसहितकालाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको छ ।

  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १६:४१:१८,   अन्तिम अपडेट : फागुन ३०, २०७८ साेमबार १६:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया