प्रधानमन्त्री कप महिला भलिबललाई युक्यानको साथ

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई अन्तराष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानले प्रायोजन गरेको छ । यही महिना आयोजना हुने प्रतियोगितालाई युक्यानले किट्स पार्टनरको रूपमा प्रायोजन गरेको हो ।

नेपालका लागि युक्यानको आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रायोजन सम्झौता भयो । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको मार्केटिङ, ब्रान्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गन्जले गरिरहेको छ ।

सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । त्यस्तै उसले घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोशाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १४ सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगिता विगतका वर्षहरुमा भन्दा यसपटक कोराना महामारीका कारण केहि समय ढिला हुन गएको हो । 





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १३:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया