दुई जना किप्टोकरेन्सी कारोबारीविरुद्ध मुद्दा, ९ करोड ७४ लाख बिगो मागदाबी
फाइल तस्वीर

नेपालमा अवैध रहेको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

मोबाइल एप्लिकेसन वनएक्सवेट, बिनान्स, एडिभी क्यास, क्वाइनबेस र प्याक्सफुलको प्रयोग गरी नेपाली बैंकबाट ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ ठगी गर्ने गरेको आरोपमा विभागले मुद्दा दायर गरेको हो ।

विभागले मोरङका २८ वर्षीय पुस्कर श्रेष्ठ र बिनिता लिम्बूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले दुवैसँगबाट ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९ रुपैयाँ, सिटिजन्स बैंकबाट २ करोड ५१ लख ७६ हजार ९९ रुपैयाँ, एनआईसी एशिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८८९ रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५३९ रुपैयाँ गरी जम्मा ७ करोड ५७ लाख ७१ हजार ९५८ रुपैयाँ ठगी गरेको पाइएको विभागले जनाएको छ । 

त‍्यस्तै, लिम्बूले राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड १६ लाख ९८ हजार २४ रुपैयाँ ठगी गरेको अनुसन्धानका क्रममा खुलेको विभागले जनाएको छ । उनीहरूले वानएक्स, बिनान्स, एडीभी क्यास, क्वाइनबेस र प्याक्सफुलमार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानी गर्नेको विभागले जनाएको छ । उक्त कार्य विदेशी विनिमय ऐन २०१९ अनुसार गैरकानूनी रहेको विभागको भनाइ छ ।
 





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १५:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया