राष्ट्र बैंकले दुई अर्बबराबरको नागरिक बचतपत्र निष्कासन गर्ने

नेपाल राष्ट्र बैंकले दुई अर्बबराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो । 

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १० प्रतिशत (ब्याजकर लाग्ने) वार्षिक ब्याजदर र पाँचवर्षे समयावधि रहेको बचतपत्र निष्कासन गर्ने जनाएको छ । बचतपत्रमा नेपाली नागरिकले घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिनेछ । बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुने र यसको अन्तिम साँवा भुक्तानी आगामी २०८३ चैत ३० गते हुने उल्लेख छ । 
    
इच्छुक खरिदकर्ताले बचतपत्र खरिद गर्न राष्ट्र बैंकको वेबसाइट प्रयोग गरी अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आफूलाई पायक पर्ने राष्ट्र बैंकबाट बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा समेत अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको छ । 

राष्ट्र बैकले बचतपत्रको ब्याज खरिदकर्तालाई पायक पर्ने बैंक तथा वित्तीय संस्था, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकका प्रदेशस्थित कार्यालयबाट भुक्तानी लिन सकिने व्यवस्था गरेको जनाएको छ । 

बचतपत्र खरिद गर्न चाहनेले राष्ट्र बैंकले तोकेबमोजिम यही चैत १ गते देखि २० गतेसम्म आवेदन दिन सक्नेछन् । चैत ३० गते बचतपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार २२:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया