बसाइसराइँ शहरीकरणका लागि डरलाग्दो समस्या : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइसराइँ शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छिन् । उनले गाउँबाट सहरतिर बसोबास बढ्नु शहरीकरणका लागि चुनौती  थपिएको  बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको  रहेको बताएकी हुन् ।

उनले भनिन्, 'जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइसराइँ एकदमै डरलाग्दो छ ।' लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना शहरबाट ठूला सहरतिर बसाइसराइँको क्रम बढ्नु चुनौती  रहेको बताइन् ।

बसाइसराइँ कम गर्न पनि शहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि नीतिगत रूपमा नै व्यवस्था गर्न लागिएको बताइन् । सरकारका संयन्त्रले 'एक्लाएक्लै काम गर्छाैँ' भन्ने सोच बदल्न आवश्यक रहेको  बताउँदै झाँक्रीले मन्त्रालय नै एक अर्काका विरोधीजस्ता देखिएकाे बताइन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने  बताए । उनले  देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलका अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार ८:४८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया