इटालीकाे टाेलीमा परेनन् बालाेटेली

फरवार्ड मारियो बालाेटेली इटालीको राष्ट्रिय फुटबल टाेलीबाट बाहिरिएका छन् ।

प्रशिक्षक रोबर्टो मान्सिनीले विश्वकप छनोटको प्ले अफ अन्तर्गत नर्थ म्यासेडोनियासँग खेल्नका लागि घोषणा गरेको टिममा बालाेटेली नपरेका हुन् ।

सन् २०१८ पछि पहिलो पटक उनी राष्ट्रिय टाेलीकाे बन्द प्रशिक्षणमा परेका थिए।
उनले अन्तिम पटक सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए ।

३१ वर्षीय बालाेटेली अहिले टर्कीको एडना डेमिरस्पोरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

उनले इटालीका लागि ३६ खेलमा १४ गोल गरेका छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार ७:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया