दुईजना मन्त्रीले पार्टी छाड्ने चर्चा भ्रम मात्रै : माधव नेपाल
फरकधार / ५ चैत, २०७८
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका दुईजना मन्त्रीले पार्टी छाड्ने चर्चा भ्रम मात्रै भएको बताएका छन् । 



केही समययता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेकपा (एमाले)मा फर्किने चर्चा चल्दै आएको छ । 

नेकपा (एकीकृत समाजवादी) तनहुँले शनिबार आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए । 



उनले पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउने एक मात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँगाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे । 



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार २०:४०:२१,   अन्तिम अपडेट : चैत ५, २०७८ शनिबार २१:१०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया