logo-img

राजर्षि जनक कप : एपिएफ क्लब क्यामरुनसँग ट्राइब्रेकरमा पराजित

छैठौँ राजर्षि जनक कपमा सशस्त्र प्रहरीको फुटबल क्लब एपिएफलाई ट्राइब्रेकरमा पराजित गर्दै पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन अन्तिम चारमा प्रवेश गरेको छ । जारी प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाहुना टोली क्यामरुनले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

 एपिएफ क्लब र अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुनबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो । खेलको ३७औँ मिनेटमा क्यामरुनका कप्तान रोनीले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । जर्सी नम्बर ११ का मार्टीनले डिबक्स भित्र दिएको पासलाई सशक्त प्रहार गर्दै रोनीले गोलमा परिणत गरे ।

यस्तै, खेलको ८१औँ मिनेटमा एपिएफका सविन गुरुङले क्यामरुनका गोलकिपरलाई बिट गर्दै बराबरी गोल फर्काए । जर्सी नम्बर २ का विश्वास उदासको क्रसपासमा गुरुङले गोल गरेका हुन् । गुरुङको गोलसँगै  एपिएफ खेलमा फर्कियो । तर, त्यसपछि दुई टोलीले खेलमा थप गोल गर्न सकेनन् । दुवै टिमका खेलाडीबीच गोल थप्न निकै घम्साघम्सी भएको थियो । 

एपिएफका खेलाडीका लागि खेलको सुरुको केही मिनेट र अन्तिम ५ मिनेट राम्रो अवसर बन्यो । तर, सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । 

एभिनियर फुटबल क्लब क्यामरुनका दुई खेलाडी इटोका र जोस्पीन ८८ र ८९औँ मिनेटमा लगातार दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिए । त्यसपछि क्यामरुन ९ खेलाडीमा सीमित भए । क्यामरुन ९ खेलाडीको अवस्थामा रहेको ५ मिनेट पनि  एपीएफले सदुपयोग गर्न सकेन ।

खेलको पहिलो मिनेटमै  एपिएफका युवराज खड्का क्यामरुनका गोलकिपर एलिनसँग वान टु वानको अवस्थामा पुगे । खेलको १२औँ मिनेटमा एफिएफका टोप विष्टको पासमा युवराज खड्काले गरेको हेड फस्ट बार नजिकैबाट बाहिरियो । शनिबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलको म्यान अफ द म्याच घोषित हुँदै क्यामरुनका गोल किप्पर रोड्रिग्वे नगद १० हजार पुरस्कार प्राप्त गरे । 



यस्तै, आइतबार हुने पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डर च्याम्पियन पिप्ले युवा क्लब हेटौडा र हिमालयन सेर्पा खेल्नेछन् । हिमालयन शेर्पा ध्रुवतारा फुटबल क्लब झापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

डिफेन्डर च्याम्पियन पिप्लेले एक खेल बाई पाएको थियो । चैत १३ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले शिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार २१:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया