logo-img

एनआरएनए : अन्तिम चरणमा पुग्याे दशौं महाधिवेशनको तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८ चैतदेखि ११ चैतसम्म काठमाडौंमा हुन लागेको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको जानकारी दिए ।

महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने उनले  बताए । 

‘संस्था भयो भने हामी सबै हुने हो । हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं’, उनले भने 

गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद भएकाले पटक-पटक सरेको थियो ।  





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ९:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया