logo-img

नाडाल इन्डियन वेल्स टेनिसकाे फाइनलमा

स्पेनिस स्टार राफेल नाडाल इन्डियन वेल्स टेनिसको फाइनल प्रवेश गरेका छन् ।

नाडालले आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई २-१ काे सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

३५ वर्षीय नाडालले कार्लोसमाथि ६-४, ४-६ र ६-३ को जित निकाले ।

याे उनकाे लगातार २० औं जित हो । कीर्तिमानी २१ पटकका ग्रान्डस्लाम विजेता नाडालले २०२२ मा हार बेहोरेका छैनन् ।

नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जसँग प्रतिस्पर्धा गर्नेछन्  ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ९:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया