साफ यु-१८ च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै

भारतमा जारी साफ यु-१८ महिला च्याम्पियनसिपमा नेपालले आज घरेलु टोलीको सामना गर्दैछ । खेल जमसेदपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ ।

आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपालले पहिलो खेलमा भारतसँग ७–० र दोस्रो खेलमा बंगलादेशसँग ४–२ को हार बेहोरेको थियो ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो । भारत त्यसलाई कायम राख्दै लगातार तेस्रो जितको खोजीमा हुनेछ । उसले दोस्रो खेलमा बंगलादेशमाथि १-० को कठिन जित हात पारेको थियो ।

तीन टोली सहभागी प्रतियोगितामा भारत भारत २ खेलका ६ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेश ३ अंकका दोस्रो स्थानमा रहँदा अंकबिहीन नेपाल पुछारमा छ । 






  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ८:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया