विङ्स इन्डियाको कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत प्रस्थान
फाइल तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत प्रस्थान गरको छन् । मन्त्री आले एकदिन औपचारिक भ्रमणका लागि आज छिमेकी राष्ट्र भारतको प्रस्थान गरेका हुन् ।

भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको मन्त्री आलेका स्वकीय प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रमको भोलि शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

कार्यक्रम २४ मार्चदेखि २७ मार्चसम्म भारतको हैदरावाद सहरमा सञ्चालन हुने जानकारी दिइएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १७:२०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया