इटाली लगातार दोस्रोपटक विश्वकपमा छनोट हुन असफल

विश्वकप छनोट प्ले अफको खेलमा पराजित हुँदै युरोकप विजेता इटाली विश्वकपमा छनोट हुने असफल भएको छ । गएराति नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटाली विश्वकपमा छनोट हुन नसकेको हो ।

ऊ लगातार दोस्रोपटक विश्वकपमा छनोट हुन असफल भयो । यसअघि इटाली २०१८ को विश्वकपमा पनि छनोट हुन सकेको थिएन । स्टेडियो रेन्जो बार्बेरामा भएको खेलमा गरिएको समयमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको १ मात्र गोल नर्थ म्यासेडोनियलाई फाइनल पुर्याउन निर्णायक बन्यो  ।

अब २५ मार्चमा हुने फाइनलमा पोर्चुगल र नर्थ म्यासेडोनियाले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले विश्वकपमा स्थान बनाउनेछ । पोर्चुगल टर्कीमाथि ३–१ को सहज जित हात पार्दै फाइनल पुगेको हो ।  





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार ७:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया