एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी हौँः माधवकुमार नेपाल
फाइल तस्वीर ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएको बताएका छन् । उनले नेकपा एमाले पछिल्लो समय दक्षिणपन्थी भएको र आफ्नो पार्टी क्रान्तिकारी रहेको बताएका हुन् ।

उनले एमाले अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि दाबी गरेका छन् । 

तर, आफ्नो पार्टी भ्रष्टाचारमा जानै नसकिने बताएका छन् । उनले नेकपा एमाले व्यक्तिवादी पार्टी भएको तर आफूहरु राष्ट्रप्रेमी र जनताप्रेमी बनेको बताएका छन् । 

माधवकुमार नेपालले आफूले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी नयाँ पार्टी मात्र नभएको पनि बताएका छन् । उनले पार्टीमा पुराना नेताहरु भएका र अनुभव हासिल भएकाले पनि यसलाई नयाँ पार्टी मात्र भन्न नमिल्ने बताएका छन् ।

‘एक से एक पार्टी नेता छन्,’ उनले भने, ‘पुष्पलालले २००६ सालमा गठन गर्नुभएको क्रान्तिकारी आन्दोलनको यो निरन्तरता पनि हो ।’





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १३:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया