ओलीप्रति कटाक्ष गर्दै माधव नेपालले भने- कम्युनिस्टकाे आवरणमा पनि तानाशाह जन्मिँदा रहेछन्
फाइल फाेटाे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन् ।

आइतबार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका हुन् ।

उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरू ओलीले गरिरहेको भन्दै उनीहरूसँग तुलनात्मक रूपमा अध्ययन गरेर देखाउन आवश्यक रहेकाे जिकिर गरे ।

अध्यक्ष नेपालले ‌हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोपसमेत लगाए ।

उनले भने, ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा केके प्रवृतिहरू देखिए, कंशमा केके प्रवृतिहरू देखिए, शिशुपालले सयवटा के के अपराध गर्‍याे ? र हिटलरले केके कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् । डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो । डेमोक्रेसीको आवरणमा बोल्यो । डेमोक्रेसीले नै जन्माएको हो हिटलर । तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ । तानाशाह पनि जन्माउँछ । कांग्रेस वा भनौं हाम्रा विपक्षीहरूलाई के भन्नुपर्छ भने कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भन्छन् नि । होइन, कम्युनिस्टकाे आवरणमा पनि तानाशाहहरू जन्मिँदा रहेछन् । ’

अध्यक्ष नेपालले ओली कम्युनिस्टकाे आवरणमा जन्मिएको तानाशाह भएको  टिप्पणी पनि गरे ।



उनले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरूको आकर्षण बढिरहेको दाबीसमेत गरे ।
 



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १२:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया