नेपालको सुरुवाती ११ घोषणा, अनन्तले कप्तानी गर्ने

थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनुबरी एफसीसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज महत्त्वपूर्ण खेलाडीलाई आराम दिँदै सुरुवाती ११ घोषणा गरेका हुन् । 

आज टोलीको कप्तानी अनन्त तामाङले गर्नेछन् । राष्ट्रिय टोलीबाट डेब्यु प्रतिक्षामा रहेका गोलरक्षक दीप कार्की र मिडफिल्डर प्रशान्त अवस्थीले आज माैका पाएका छन् । 

यसअघि थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो।  

नेपालको सुरुवाती-११

दीप कार्की (गोलरक्षक), अनन्त तामाङ (कप्तान), सुमन अर्याल, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुभास गुरुङ, सन्तोष तामाङ, नवीन गुरुङ, एरिक विष्ट, आशिष लामा र प्रशान्त अवस्थी 





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १५:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया