बाजुरा त्रिवेणीमा युवानेता रनसिंह अयडीको मेयरमा उम्मेदवारी घोषणा

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मूलधारमा रहेका पार्टीहरू प्रचारप्रसार कस्सिएका छन् । 

पालिका/नगरका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि तीव्र छ । सुदूरपश्चिमका पहाडी जिल्लामा पनि स्थानीय तहको चुनावी माहोल तातेको छ ।

आकांक्षीहरूले घरदैलोदेखि छलफल कार्यक्रम तीव्र पारेका छन् । यसै क्रममा बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा युवानेता रनसिंह अयडीले उम्मेदवारी घोषणा गरेका छन् । 

रनसिंह कांग्रेस बाजुराकाे पूर्वजिल्ला कार्य समिति सचिव पद सम्हालिसकेका छन्। 

नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट सक्रिय भएका रनसिंह २०५४ सालमा रत्न मावि सेलिफाल बाजुराका इकाइ सचिव भएका थिए ।

उनी २०५९ सालमा कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी साहित्य प्रतिष्ठानका सदस्य, २०६१  सालमा कैलाली बहुमुखी क्याम्पसको इकाइ समिति हुँदै २०६१ मै कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघको चुनाव समेत लडे ।



२०६२/०६३ सालको जनआन्दोलनमा समेत उनी सक्रिय रूपमा लागेका थिए । २०६६ सालमा जनउत्थान साहित्य दपर्णको प्रधानसम्पादकाका रूपमा काम गरेको रनसिहं २०६७ सालमा युवा सञ्जाल बाजुराको अध्यक्ष भए ।

उनले त्रिवेणीका युवा तथा सम्पूर्ण आम जनताको मुहार फेर्न र युवाहरूलाई स्वरोजगार, व्यवसायी, सीपमूलक, एक घर एक उद्दमशीलता जस्ता युवा लक्षित कार्यक्रम सहितका एजेण्डा बोकेर अगाडि बढेको बताए । 



त्रिवेणी नगरपालिका विकासका लागि युवा नेतृत्वको खाँचो रहेको बताउँदै नगरको नेतृत्वका लागि अगाडि बढेको रनसिंहकाे भनाइ छ ।

उनले सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल बडीमालिका, नाटे्श्वरी लगायतका पर्यटकको सम्भावनाको उजागर गरी त्यसको डिपिआर बनाउने पनि आफ्नो प्रमुख मुद्दा रहेको बताए । 

उनले भने, ‘२०७४ को निर्वाचनमा नगरको प्रमुख दावेदारका रूपमा अगाडि बढेको हुँ । पार्टीको वरिष्ठ नेता नै अगाडि बढेपछि अन्तिम समयमा पछाडि सरेको थिएँ । यस पटक मेरो उम्मेदवारी स्वत: भएको छ ।’ 

त्रिवेणी नगरपालिका कांग्रेसको गढ भएको क्षेत्र हो ।  २०७४ को निर्वाचनमा कांग्रेसका रामसिंह रावल मेयरमा निर्वाचित भएका थिए । 

रनसिंह लगायत शिक्षकबाट राजीनामा दिएका कर्णबहादुर थापा, वडा नम्बर ३ का वडा अध्यक्ष मीनबहादुर भण्डारी र नगर सभापति सुरेन्द्रराज गिरी पनि मेयरमा दावेदारी रहेको चर्चामा छ ।

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १६:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया