logo-img

'नेपालले चिनियाँ विदेशमन्त्रीको भिजिटलाई शतप्रशित सदुपयोग गर्न सकेन'

नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताएका छन् । 

शुक्रबार तीनदिने नेपाल भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको बताएका हुन् । 

उनले चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको पनि बताए । झाले नेपाल र चीन सरकारबीच शनिबार भएको द्विपक्षीय वार्तामा बीआरआईसम्बन्धी कुनै पनि योजना नपर्नु अनौठो भएको बताए । 

उनले विदेशमन्त्री यी नेपाल आउनुपूर्व बीआरआईसम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भए पनि त्यो बारेमा कुनै पनि सम्झौताका बारेमा सरकारले कुरा उठाउन नसकेको बताए । यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि उनले बताए।

‘नेपालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई उपयोग गर्न सकेन । नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यीको भिजिटलाई त्यति महत्व दिएको देखिएन' उनले भने, 'नेपालले यो भिजिटलाई शतप्रशित सदुपयोग गर्न सकेन ।’

जानकार डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराए पनि नेपालले भने खासै चासो नदेखाएको गुनासो गरे । शुक्रबार तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किएका छन् ।



स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । 

भेटमा बिआरआई परियोजना अघि बढाउने, नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिका अवस्थालाई उकास्ने, सीमानाका बलियो बनाउने, नाकाहरू खोल्नेलगायतका बारेमा छलफल भएको थियो ।



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १९:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया