चिर्पट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा सिन्धुपाल्चाेक प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ रहेका छन् । 

उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

चिरपट र ढुङ्गा प्रहार गरी ४४ वर्षीया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ । 

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिर्पट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । 

गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  



  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १२:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया