कञ्चनपुरमा नहरमा डुबेर बालककाे मृत्यु
प्रतिकात्मक तस्वीर

कञ्चनपुरमा नहरमा डुबेर एक बालककाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाका १२ वर्षीय रोहित धामी रहेका छन् ।

शुक्लाफाँटा नगरपालिका-८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा उनकाे मृत्यु भएकाे हाे ।

स्थानीयहरूले नहरकाे पानीमा उनकाे शव उत्रिएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

धामी धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।


 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ८:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया