मोदीसँगको भेटमा देउवाले भने– सीमा समस्याबारे द्विपक्षीय संयन्त्रबाट समाधान खोजौं

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याबारे पनि छलफल गरेका छन् । शनिबार हैदराबाद हाउसमा भएको भेटवार्तामा देउवाले मोदीसँग सीमा समस्याबारे छलफल भएको बताएका हुन् ।

 ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु,’ मोदीसँगको छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेदनमा प्रधानमन्त्री देउवाले भने । साथै, प्रधानमन्त्री भारत भ्रमणका क्रममा दुई देशका सम्बन्धित अधिकारीले चार समझदारीमा हस्ताक्षर पनि गरेका छन् । 

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए । 

समझदारीपत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौता रहेका छन् ।  





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १५:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया