logo-img

सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

राजविराज– अगामी तीन महिनामा सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधिसँग राजविराजमा आइतबार गरेको अन्तर्क्रियामा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा व्यक्तिगत विवरणसहितको चिप्स कार्ड अर्थात् राष्ट्रिय परिचयपत्र वितरण गर्ने बताएका छन् ।  

राष्ट्रिय परिचयपत्र प्रक्रियाका लागि तीन महिना समय लाग्ने भएकाले केही दिनमै कर्मचारी छनोट गर्ने उनले बताए । निर्देशक न्यौपानेले जिल्लाका १६ वर्षदेखि माथि उमेर पुगेका तीन लाख ८४ हजार सात सय ८५ जना नागरिकलाई अबको तीन महिनामा जैविक तथा व्यक्तिगत विवरण र विद्युतीय चिप्स एवं सुरक्षासहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरी राष्ट्रिय परिचय नम्बर उल्लेख भएको कार्ड वितरण गरिने उनले बताए । 

आर्थिक वर्ष २०७४ ०७५ भित्र जिल्लामा नागरिकता प्राप्त गरिसकेका नागरिकको परिचयपत्र बनाइसक्ने लक्ष्य रहेको न्यौपानेको भनाइ थियो । नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गरी नागरिकलाई प्रदान गर्ने उद्देश्य रहेको पनि उनले बताए । 

नेपाल सरकारले पहिलो चरणका लागि पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरणका लागि छनोट गरिएकामा सो कार्ड वितरण कार्य सुरु भइसकेको छ । गृह मन्त्रालयले विदेशी कम्पनीबाट दुई लाख ५० हजारको क्षमता भएको सर्भर ल्याएको र केही थप सर्भर थपिने गरी तीन महिनाभित्रै परिचयपत्र वितरण कार्यक्रम सुरु गर्ने निर्देशक न्यौपानेले बताए । 





  • प्रकाशित मिति : पुस ९, २०७५ साेमबार १५:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया