राष्ट्रिय महिला बिच भलिबल उपाधि पुलिसलाई

सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ । 

पुलिसले पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनलमा लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। पुलिसले खेल २१-८ र २१-१७ ले आफ्नो पक्षमा पार्‍याे ।

पुलिसले गण्डकी प्रदेशलाई २१-१९ र २१-९ तथा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि भीडन्त पक्का गरेका थिए । 

उपाधिसँगै पुलिसले १ लाख प्राप्त गर्दा उपविजेता बनेको लुम्बिनीले ५० हजार पाएको छ । 

त्यस्तै, शनिबार नै तेस्राे स्थानका लागि भएकाे खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि २-० काे साेझाे सेटमा जित हात पार्‍याे।

सुदूरपश्चिमले खेल २१-१२ र २१-१७ ले आफ्नाे पक्षमा पारेकाे हाे। तेस्राे स्थान हासिल गरेसँगै उसले ३० हजार प्राप्त गरेकाे छ।



सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगितामा ९ टोली सहभागी थिए । 



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १२:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया