logo-img

धनुषामा ३ हजार १२१ म्यादी प्रहरी छनोट

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धनुषामा ३ हजार १२१ जना म्यादी प्रहरी छनोट भएका छन् । जिल्लामा ९ हजार २१ जनाले आवेदन दिएकोमा ३ हजार १२१ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

कूल आवेदकमध्ये ८७२ महिला र ८ हजार १४९ पुरुषले आवेदन दिएका थिए । म्यादी प्रहरीका लागि ८७२ जना महिलाको आवेदन परेकोमा ५३५ जनालाई छनोट गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

छनोट भएका २ हजार ५८६ पुरुष र ५३५ महिलालाई २८ चैतदेखि तालिममा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकको दरखास्त माग गरेको थियो । भर्नाको आवेदनका लागि चैत ६ देखि ११ गतेसम्मको समय दिइएको थियो ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च वापत १ हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।  





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १८:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया