प्रिमियर लिग : युनाइटेडमाथि एभर्टनको कठिन जित

इंग्लिस  प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा एभर्टन विजयी भएको छ ।

घरेलु टोली एभर्टनले म्यानचेस्टर युनाइटेडमाथि १–० को साँघुरो जित हात पारेको हो ।

गुडिसन पार्कमा खेलको २७औं मिनेटमा एन्थोनी गोर्डनले गरेको एक मात्र गोल एभर्टनलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै एभर्टनले ३० खेलमा २८ अंक जोड्दै १७औं स्थानमा रहँदा पराजित युनाइटेड ३१ खेलमा ५१ अंकका साथ सातौं स्थानमा छ ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १९:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया