जनकपुरधामको मेयर पदका लागि एमालेबाट हिराको नाम सिफारिस

नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा)को एकल नाम सिफारिस गरेको छ ।

एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका साहलाई आइतबार मेयर पदका लागि सर्वसम्मत नाम सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए ।

हिरा जनकपुरधामको मेयरका प्रत्यासीमध्ये सबैभन्दा युवा नेता हुन् । ०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन राजपाबाट उनले मेयर दाबी गरे पनि अन्तिममा टिकट पाउन सकेनन् । हिरा एमाले प्रवेश गरेसँगै नगरप्रमुखमा चुनाव लड्ने तयारीमा निरन्तर लागिपरेका थिए ।





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १७:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया