जापान जान लागेकी युवती त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली रहेकी छन् ।

 अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाका अनुसार नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट चेकजाँचका क्रममा गोली बरामद भएको हो । 

अनुसन्धान शाखाका अनुसार ‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १४:१७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया