बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष ०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरे ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फछर्यौट मूल्यांकन तथा अनुगमन समितिको सिफारिसबमोजिम नेपाल सरकार (मन्त्रीस्तर)को निर्णयअनुसार बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा विगत ४ आवदेखि निरन्तर रुपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार २१:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया