ओलीलाई भुइँमा पछार्ने हामी नै हो, कम नआँकियोस् : माधव नेपाल
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई कम नआँक्न सत्ता साझेदार अन्य दलहरूलाई चेतावनी दिएका छन् । 

एकीकृत समाजवादीको सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले आफूहरूका कारण केपी ओलीको सत्ता सगरमाथाबाट भुइँमा पछारिएको स्मरण गराउँदै शक्तिलाई अवमूल्यन नगर्न भने ।

कांग्रेस र माओवादीका नेताहरूले नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी भाग मागेको टिप्पणी गरिरहेका बेला नेपालको यस्तो अभिव्यक्ति आएको हो । 

'आफ्नो शक्तिको अति मूल्यांकन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस्' उनले गठबन्धनका नेताहरूलाई चुनौती दिँदै भने, 'केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुइँमा पछार्न निर्णायक भूमिका खेलेका छौँ ।'





  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार १८:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया