एमालेले जितेका स्थानमा पहिलो हक हाम्रो हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्रका दलले वास्तविकताभन्दा बाहिर गएर दाबी गर्ने गरेकाले गाह्रो भएको बताएका छन् ।

शनिबार काठमाडौँमा पार्टी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वास्तविकता नबुझी तलका कार्यकर्ताको मात्रै कुरा सुनेर निर्णय गरिए अप्ठेरो अवस्था आउन सक्ने बताए ।

०७४ मा एमालेले जितेका स्थानमा पहिलो हक आफ्नो पार्टीको लाग्ने अध्यक्ष नेपालले बताए । उनले भने, ‘२०७४ मा एमालेले जितेका स्थानमा हाम्रो पहिलो हक लाग्छ ।’

पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीको आठ हजार संगठित र क्रियाशील सदस्य रहेको बताउँदै उनले भने, ‘अझै जनवर्गीय संगठनका सदस्य जोड्ने हो भने १२ हजार पुग्छ । अनि एकीकृत समाजवादीको केही अर्थ छैन भन्ने ?’

गत चुनावमा हालको गठबन्धनमा रहेको एउटा पार्टीले एउटा पालिकामा १३४ भोट पाएको, तर अहिले सो पार्टीले पालिका प्रमुख दाबी गरेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘सिंगो पालिकामा १३४ मत ल्याउनेले अहिले हाम्रो मेयर हुनुपर्छ भन्दो रहेछ । त्यसैले अलि गाह्रो छ ।’





  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार १८:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया