सुर्खेतमा टेम्पो पल्टिदा एकको मृत्यु, तीनजना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा अनियन्त्रित भएर टेम्पो पल्टिदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते पनि भएका छन् । 

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ वर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टिएको थियो । 





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार ११:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया