नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

एएफसी एसियन कप छनोटअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल जेठ ११ र १५ गते दोहामा हुनेछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाली टोलीले कतारमा मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको जानकारी गराएको हो ।

मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव अफगानिस्तानले स्वीकारेको एन्फाले जनाएको हो ।

छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।  

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

छनोटको समूह ‘ए’मा नेपाल ,कुवेत, इन्डोनेसिया र जोर्डन छन् । यो समूहको छनोट खेल कुवेतमा हुनेछ ।



हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।



त्यस्तै, नेपालले दोस्रो खेल ११ जुनमा कुवेत तथा तेस्रो  खेल १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार १८:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया