सर्वोच्चले दर्ता गर्‍यो निलम्बित गभर्नर अधिकारीको रिट
फाइल तस्वीर

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । गभर्नर अधिकारीले सर्वोच्च अदालतमा दिएको रिट निवेदन आइतबार दर्ता भएको हो । 

सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्य समिति गठन गरेको थियो । त्यसलाई चुनौती दिँदै अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले रिट दायर गरेका हुन् । अदालतले अध्ययनपछि रिट दर्ता गरेको हो । सर्वाेच्चका प्रवक्ता विमल पौडेलले अधिकारीको रिट दर्ता भएको बताए । 

सर्वोच्चले प्रारम्भिक सुनुवाइपछि अधिकारीको निवेदनमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गरेसँगै गभर्नर अधिकारीलाई निलम्बित भएका थिए ।

सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमाथि छानबिन गर्न मन्त्रिपरिषद्ले पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा समिति बनाउने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार १९:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया