एमालेबाट क्व्होलासोथार गाउँपालिका अध्यक्षको उम्मेदवारमा सूर्य गुरुङ सिफारिस

नेकपा (एमाले) ले लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्षको उम्मेदवारमा सूर्यप्रसाद गुरुङलाई सिफारिस गरेको छ ।

एमाले जिल्ला सदस्य रहेका गुरुङलाई गाउँ कमिटीले एकल उम्मेदवारमा सिफारिस गरेको हो । यसअघि उनी गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख स्वकीय सचिवसमेत थिए ।

उपाध्यक्षमा केशकुमारी गुरुङ, गमीमाया गुरुङ, सूचना गुरुङ र गोविन्दकुमारी गुरुङलाई माथिल्लो कमिटीमा सिफारिस गरिएको छ ।

नौ वटा रहेको क्व्होलासोथारमा एमालेले सात वटा वडाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । तर, वडा नम्बर १ मा पाँच जना र ९ मा दुई जनाले दाबी गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख ५, २०७९ साेमबार ८:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया