कतारमा २१ जना नेपालीले पाए क्षमादान
फाइल तस्वीर

कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन् । 

कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन् । 

त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् । 

क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ६, २०७९ मंगलबार १९:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया