डब्लुएचओका निर्देशक टेड्रोस अप्रिल २१ मा नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस अप्रिल २१ मा नेपाल भ्रमणमा आउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी नेपाल भ्रमणका लागि आउन लागेका डा. टेड्रोस अप्रिल २१ देखि २३ सम्म नेपालमा रहनेछन्।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गर्ने कार्यतालिका छ।

भ्रमणमा टेड्रोसले परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि छलफल गर्नेछन्।





  • प्रकाशित मिति : वैशाख ६, २०७९ मंगलबार २०:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया