logo-img

मकवानपुरमा चट्याङ लागेर वृद्धको मृत्यु, एकजना घाइते
फाइल फाेटाे

मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । थप एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् ।

गएराति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ मा पनि चट्याङ लागेर ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार ११:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया