लखनउका केएल राहुल र मार्कस स्टोनिसलाई कारबाही

लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुललाई म्याच फिको २० प्रतिशत जरिवाना गरिएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार रोयल च्यालेंजर्स बैंगलोरविरुद्धको खेलमा लिगको आचार संहिता उल्लंघन गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।

मुम्बईस्थित डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा भएको खेलमा राहुलसँगै अलराउन्डर मार्कस स्टोनिससलाई पनि लेभल एकको कारबाही गरिएको छ । स्टोनिसले खेलमा आउट भएपछि अपशब्द बोलेका थिए । 

स्टोनिसले १८.२ ओभमरमा जोस हेजलउडले बोल्ड गराउँदा गाली गर्दै अपशब्द बोलेको स्टम्प माइकमा प्रष्ट सुनिएको थियो । उनले १५ बलको सामना गर्दै २४ रन बनाए । उक्त खेलमा लखनउ १८ रनले पराजित भएको थियो । 

लखनउ सात खेलमा आठ अंकका साथ चौथो स्थानमा छ ।  





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार १३:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया