बागमती प्रदेश : कृषि मन्त्रालयले माग्यो आगामी आवको कार्यक्रमका लागि सुझाब

बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९–०८० को वार्षिक कार्यक्रम तर्जुमाका लागि सुझाब दिन आग्रह गरेको छ । 

मन्त्रालयले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०७९–०८० को कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको प्रस्तावित कार्यक्रम तर्जुमा प्रक्रिया सुरु भएकोले सुझाब उपलब्ध गराउन माग गरेको हो । 

त्यसैले बागमती प्रदेशको समग्र कृषि क्षेत्रको विकासका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समेट्नुपर्ने विषय महत्वपूर्ण राय–सुझाब, प्रतिवेदन, टिपोट सात दिनभित्र उपलब्ध गराउनुपर्ने बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
 





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार १७:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया