सबै कम्युनिस्ट एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाऔँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

नेपालको राजनीतिमा कम्युनिस्टहरुको द्वेध चरित्र बारम्बार देखिएकाले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने उनले बताए । महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाताभन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेकपटक नेपाली कांग्रेस कम्युनिस्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए । 

यदि सबै क्षेत्रमा कांग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिस्ट पार्टीहरुले तर्साउने उनले बताए । 

महामन्त्री थापाले भने, कांग्रेस पार्टीसँग ३०–३२ लाख मतदाता छन् । हामी त्यसमा चित्त बुझाउने हो ? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी कम्युनिस्ट पार्टीको डरमा हामी बाँचिरहनुपर्ने हुन्छ ।’

कुनै पनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा मात्रै केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार जिल्ला र त्योभन्दा तलका तहलाई दिएको महामन्त्री थापाले बताए । नेपालका सबै कम्युनिस्ट एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए । 





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार १७:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया