सिद्धार्थनगरको मेयर उम्मेदवार राप्रपाबाट राणा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सागरप्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । उनी यसअघि २०५४ सालमा पनि यही नगरपालिकामा मेयर बनेका थिए ।

उनलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।

यो नगरपालिकामा कांग्रेस र जसपाका अलगअलग उम्मेदवार पनि मेयरका लागि चुनावमा भिड्दैछन् । यसअघि यो पालिकामा एमालेले जितेको थियो । 

राप्रपाबाट पनि मेयर उम्मेदवार भएपछि अब एमाले, कांग्रेस, राप्रपा र जसपाबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।





  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार १२:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया