logo-img

सिन्धुलीका गठबन्धनले लगायो भागबन्डा, नेकपा एस शून्य

सत्तापक्षीय गठबन्धनले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा गरेको छ । 

केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने निर्वाचनमा जिल्लामा पनि भागबन्डा भएको छ । आज बसेको गठबन्धन दलको बैठकले भागबन्डा लगाएका हुन् ।

जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, दुधौलीको मेयर नेकपा माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ ।

तीन पाटन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।

फिकल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादीको भागमा परेको छ । गोलनजोर गाउँपालिकाको अध्यक्ष पनि नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ । 

यसैगरी, सुनकोसी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ भने उपाध्यक्ष कांग्रेसको भागमा छ । घ्याङलेक गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ । 



बैठकले मरिक गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसको भागमा पारेको छ भने उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ । 

यस्तै, हरिहरपुर गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ । 



सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीलाई प्रमुख र उपप्रमुख दुवै पदमा भाग लगाइएको छैन । सिन्धुलीमा सो पार्टीको संगठन कमजोर भएका कारण भागबण्डामा शून्य गरिएको बताइएको छ ।

  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार १७:५४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया