जसपा केन्द्रीय सदस्यद्वय मिक्रानी र घर्तीमगर माओवादीमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यद्वय डा. अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले उनीहरूलाई स्वागत गरे । 

सो क्रममा जसपाका प्रदेश समिति सदस्य दिलीप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 





  • प्रकाशित मिति : वैशाख ९, २०७९ शुक्रबार १३:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया