दाङको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमण, एक दर्जन घाइते

दाङको लमहीको एक मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमण भएको छ । अज्ञात समूहले गरेको यो आक्रमणबाट कम्तिमा पनि ८ जना घाइते भएका छन् । एक जना गम्भरिु अवस्थामा रहेका छन् । घाइते ७ जनाको अवस्था सामान्य रहेको र अन्य केहीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

सुनन्त फैजाने रजा मस्जिदमा यो आक्रमण भएको हो । आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म थाहा भएको छैन । नमाज पढिरहेकाहरुमाथि अपरिचित व्यक्तिहरुको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनालाई जानकी मेडिकलमा र अरुलाई लमही अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख ९, २०७९ शुक्रबार १६:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया