नेकपा एसबाट बुटवलकाे उपमेयरमा चीनबहादुर गुरुङ

नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयर उम्मेदवारमा चीनबहादुर गुरुङलाई सिफारिस गरेको छ ।

सम्बन्धित पालिकाबाट एकल नाम सर्वसम्मत सिफारिस भएर आएको र प्रदेशले केन्द्रमा पठाएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले बताए ।

बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्व अध्यक्षसमेत हुन् ।

बुटवलमा मेयर कांग्रेसको भागमा परेको छ ।

लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुलसीपुरमा उपमेयर पाएको थियो ।





  • प्रकाशित मिति : वैशाख ९, २०७९ शुक्रबार १७:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया