उम्मेदवारले जुन दलको चुनाव चिह्नमा लड्छ उसको दलीय हैसियत उही : आयोग
फाइल तस्वीर

निर्वाचन आयोगले उम्मेदवारले जुन दलको चुनाव चिह्नमा लड्छ उसको दलीय हैसियत उही दलको हुने स्पष्ट पारेको छ ।

शनिबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, 'जुन चिह्नबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ त्यही दलको हो भन्ने निधो हुन्छ । यदि कोही स्वतन्त्र रूपमा उम्मेदवार हुन्छ र स्वतन्त्र चिह्नबाट निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ ।'

प्रमुख आयुक्त थपलियाले कानुनले राजनीतिक दलको गठबन्धन वा तालमेल नबुझ्ने बताउँदै भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र पठाए कानुनअनुसार हुने प्रस्ट पारे ।

'कुनै दलबाट उम्मेदवारी दर्ता गरेर चुनाव जितेर त्यो दल त्याग गरेको अर्को दलमा गएमा वा त्यो दलदले गर्नुपर्ने कामभन्दा विपरीत काम गरेको भनेर त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाइदिनुपर्‍यो भनेर आयो भने आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिनभित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ' उनले भने ।





  • प्रकाशित मिति : वैशाख १०, २०७९ शनिबार १८:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया