कैलालीका ११ पालिकामा टुंगिए एमालेका उम्मेदवार

 एमालेको प्रदेश कमिटिले १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । अब त्यहाँ चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ ।

यसअघि उपमहानगरपालिकाकाे उम्मेदवारकाे टुंगाे एमाले सचिवालय बैठकले शनिबार नै लगाइसकेकाे थियाे ।

जिल्ला कमिटीले पठाएको आकांक्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएकाे हाे ।

एमालेले टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुुढा र तुलसी चौधरी उम्मेदवार बनाएकाे हाे ।





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार १५:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया