logo-img

एमाले बझाङले जयपृथ्वीको उपमेयरबाहेक सबै पालिकाको प्रमखु र उपप्रमुखको टुंगो लगायो

नेकपा एमाले बझाङले जयपृथ्वी नगरपालिकाको उपमेयर बाहेक सवै पालिकाको प्रमखु र उपप्रमुख पदको टुंगो लगाएको छ । आइतवार दिउँसो जिल्लाको जयपृथ्वी नगरपालिकाको उपमेयर बाहेक सवै  पालिकाको उम्मेदवारको टुंगो लगाएको नेकपा एमाले जिल्ला कमिटी बझाङका सचिव आनन्दलालबिले बताए । केही पालिकाको उम्मेदवारको टुंगो यसअघि नै लागेको भएपनि सवै पालिकाको उम्मेदवार आज टुङ्ग्याएको बिकले बताए ।

नेकपा एमालेले जिल्लाको जयपृथ्वी नगरपालिकामा सुरत बहादुर सिंहलाई मेयरमा उठाउने निर्णय गरेको छ, भने उममेयरको अझै टुंगो लगाउन सकेको छैन् । त्यसैगरी बुंगल नगरपालिकामा नेकपा एमालेबाट मेयरमा धनदेवी कुँवर र उपमेयरमा अम्मराज जोशीले टिकट पाएका छन् ।

जिल्लाका अन्य दश पालिकामा नेकपा एमालेबाट साइपाल गाउँपालिकामा अध्यक्षमा मानबहादुर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ, तलकोट गाउँपालिकामा कलक रोकाया अध्यक्ष र रुपा सिंह उपाध्यक्ष, मष्टा गाउँपालिकामा दीपक रोकाया अध्यक्ष र सर्मिला रोकायाले उपाध्यक्षको टिकट पाएका छन् । त्यस्तै, खप्तड छान्ना गाउँपालिकामा लोकेन्द्र बहादुर सिंह अध्यक्ष र देवकी जोशी उपाध्यक्ष, छविस पाथिभेरा गाउँपालिकामा नयन बोहरा अध्यक्ष र देवकी बुढा उपाध्यक्ष, थलारा गाउँपालिकामा मोहनराज जैशी अध्यक्ष र मिरा रावल उपाध्यक्षका उम्मेदवार बनेका छन् ।

त्यसैगरी केदारस्यूँ गाउँपालिकामा लोकेश भण्डारीलाई अध्यक्ष नारा गुर्धामीलाई उपाध्यक्ष, वित्थडचिर गाउँपालिकामा लोकेन्द्र बोहरालाई अध्यक्ष जयन्ती भण्डारीलाई उपाध्यक्ष, दुर्गाथली गाउँपालिकामा दलबहादुर धामीलाई अध्यक्ष शारदा कुमारी बिकलाई उपाध्यक्ष र सुर्मा गाउँपालिकामा दिलिप बोहरालाई अध्यक्ष र माता बोहरालाई उपाध्यक्षको उम्मेदवार बनाइएको नेकपा एमाले जिल्ला कमिटी सचिव बिले बताए ।

एमालेले सोमवार मनोनयन दर्ता गर्ने
नेकपा एमालेले भोली सोमवार मनोनयन दर्ता गर्ने जनाएको छ । आइतवारदेखि नै मनोनयन गर्ने समय भएपनि भोली मात्रै मनोनयन दर्ता गर्ने एमाले बझाङले जनाएको छ । उम्मेदवारको मनोनयनको काम नसकिएका कारण १२ गते मात्रै मनोनयन दर्ता गराउने एमालेले जनाएको छ ।  

‘हामी उम्मेदवारको छनोट गर्ने काममा नै व्यस्त भएका कारण आज मनोनयन गर्न सकिएन । भोली ममनोनयन दर्ता गराउने छौ । जिल्लाभरीका सवै पालिकाका उम्मेदवारले भोली मनोनयन दर्ता गराउने छन्,’ नेकपा एमाले बझाङका सह इन्चार्ज ऐन महरले भने । अन्य पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगोको भएपनि जयपृथ्वी नगरपालिकाको उपमेयर र केही वडाका उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको महरले बताए ।





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार २१:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया