काभ्रेमा कांग्रेसका मेयर आकांक्षी कुटाकुटमा उत्रिए, एकजना अस्पताल भर्ना

काभ्रेपलाञ्‍चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरणसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताबीच हानाहान भएकाे छ ।

आफूले मेयरका लागि टिकट पाउनु पर्ने भन्दै दुई समूहबीच कुटाकुट भएकाे हाे । झडपमा मेयरका आकांक्षी घाइते भएका छन् । कुन्साङ लामाले अर्का दाबेदार रोशन पाण्डेलाई कुटेका हुन् । कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ। 

आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेको समयमा आफूमाथि आक्रमण भएको पाण्डेले बताएका छन् । कुटिएका पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने बताएका छन् । 





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार २२:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया